बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
ratopati.com · Sat Jul 25 09:17:04 GMT 2026

सुर्खेत। दिउँसो १ बजेबाट सुरु भएको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बिना निर्णय सकिएको छ । संसद् सुरु हुने बेलासम्म पार्टी केन्द्रको फोनको प्रतीक्षा गर्ने गरी बैठक सकिएको स्रोतले बतायो ।
एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज छलफल हुँदै छ । त्यसका लागि ३ बजे संसद् बैठक बस्दै छ । दलको बैठकमा त्यो बेलासम्म ‘केपी ओलीको फोनको प्रतीक्षा’ गर्ने गरी छलफल सकिएको बताइएको छ। केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच समीकरणको विषयमा छलफल भए पनि अहिलेसम्म कुनै निर्णय आएको छैन । ‘अन्तिमसम्म कुर्ने हुन्छ होला, ओलीको फोन आउला मुख्यमन्त्रीलाई,’ स्रोतले भन्यो, ‘त्यसपछि राजीनामा दिने वा संसद् फेस गर्ने भन्ने होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)