विराटनगरमा एक वर्षमा दश अर्ब राजस्व सङ्कलन
makalukhabar.com · Fri Jul 24 14:13:35 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२र८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए ।
कार्यालयले ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको उनले बताए । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार, अन्तःशुल्क रु तीन अर्ब १५ करोड १० लाख ४९ हजार, शिक्षा कर रु ८४ हजार र अन्य कर रु पाँच करोड आठ लाख ३२ हजार रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)