राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
makalukhabar.com · Sat Jul 25 09:27:52 GMT 2026

काठमाडौं । मकवानपुरको पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगञ्ज जाने मार्गको छेउ चुरे पर्वत शृङ्खलामा अवस्थित चुरियामाईको मन्दिर यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो ।
चुरे पर्वत शृङ्खलामा रहेकाले पनि यस तीर्थस्थललाई चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फअर्थात् वीरगञ्ज जाने पूर्व-पश्चिम राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको यो मन्दिरमा हेटौँडा आसपासका बासिन्दासँगै पूर्व-पश्चिम राजमार्गमा आवतजावत गर्नेहरू दर्शनका लागि आउने गरेका मन्दिरका सहायक पुजारी चन्द्रबहादुर लामाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)