बिकेनन् बैतडीका सामुदायिक वनका काठ, एक करोड बढी आम्दानी गुम्ने जोखिम
onlinekhabar.com · Sun Jun 07 03:29:54 GMT 2026

२४ जेठ, बैतडी । बैतडीका विभिन्न सामुदायिक वनहरूले निकासीका लागि तयार पारेको लाखौँ रुपैयाँ बराबरको काठ बिक्री हुन नसक्दा कुहिने अवस्थामा पुगेको छ ।
जिल्लाको पाटन नगरपालिका भित्रका विभिन्न सामुदायिक वनहरूमा गत वर्षदेखि नै निकासीका लागि तयारी अवस्थामा राखिएको काठ एक वर्ष बितिसक्दा पनि बिक्री हुन सकेको छैन । सामुदायिक वनहरूले गत वर्ष ३७ हजार क्यूफिटभन्दा बढी गोलिया तथा चिरान काठ तयार पारेका थिए । तर हालसम्म निकासी हुन नसक्दा काठको गुणस्तर घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)