बिहारमा विद्यार्थीको प्रदर्शन, पटनामा प्रहरीले गर्यो लाठीचार्ज
annapurnapost.com · Sat Jul 25 09:23:13 GMT 2026

भारत : भारत बिहारका विभिन्न क्षेत्रमा शनिबार आह्वान गरिएको ‘बिहार बन्द’ को प्रभाव देखिएको छ । शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग र जुलाई २२ मा विद्यार्थीमाथि भएको प्रहरी लाठीचार्जको विरोधमा विद्यार्थी संगठन आइसाले बिहार बन्दको आह्वान गरेको थियो । बन्दका क्रममा राज्यका विभिन्न जिल्लामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
सिवान, समस्तीपुर, मधेपुरा, गोपालगञ्ज, छपरा, आरा र पटनालगायत स्थानबाट प्रदर्शनका तस्बिरहरू सार्वजनिक भएका छन् । छपरामा प्रदर्शनकारी विद्यार्थीहरूले ठूलो विरोध प्रदर्शन गरेका थिए भने राजधानी पटनामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो । पटना एसएसपी कार्तिकेय शर्माले भने, ‘हामीले सीमित बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर गरेका छौं । केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र उनीहरूसँग सोधपुछ भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)