इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थी आकर्षण बढाउन मन्त्री पोखरेलको पहल, सरोकारवालासँग छलफल
shilapatra.com · Fri Jul 24 15:00:00 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)का डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता संगठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका हुन् । त्रिविका उपकुलपति प्रा डा भोला थापा, संस्थानका डिन प्रा डा सुशीलबहादुर बज्राचार्य, एकोन त्रिवि विभागका संयोजक धनप्रसाद पौडेललगायत पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएकाे थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)