खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन निर्देशन
rajdhanidaily.com · Fri Jul 24 15:06:56 GMT 2026

काठमाडौं । राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकले देशको खुला सीमाबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सीमा क्षेत्रमा खटिने सुरक्षा निकायलाई आवश्यक जनशक्ति, स्रोतसाधन, आधुनिक उपकरण तथा पूर्वाधारसहित सुदृढ बनाइ आवश्यक स्थानमा पर्याप्त ‘बोर्डर आउट पोस्ट’ स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)