अमाल मलिकले तनिष्क बागचीमाथि लगाए महिलालाई दुर्व्यवहार गरेको आरोप, अदालतमा भेट्ने चेतावनी
nagariknews.nagariknetwork.com · Sat Jul 25 10:05:19 GMT 2026

बलिउडका चर्चित गायक तथा संगीतकार अमाल मलिक र संगीतकार तनिष्क बागचीबीचको विवाद थप चर्किएको छ। अमालले सामाजिक सञ्जाल मार्फत तनिष्कमाथि गम्भीर आरोप लगाउँदै अब कानुनी लडाइँ अदालतसम्म पुग्ने बताएका छन्।
अमाल मलिकले तनिष्क बागचीले टिप्स म्युजिक कम्पनीमा कार्यरत एक महिलालाई विवाह गर्ने वाचा गरेर पछि सम्बन्ध तोडेको तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनले ती महिला अहिले गहिरो मानसिक तनावमा रहेको दाबी पनि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)