जटिल रोगको उपचार सेवा सहज बनाउन ह्याम्स-म्याक्स अस्पताल बीच सहकार्य
kalakarmi.com · Sat Jul 25 10:16:02 GMT 2026

काठमाडौं- नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा दुवै अस्पतालका वरिष्ठ चिकित्सकहरूले अत्याधुनिक उपचार प्रविधि, जटिल रोग व्यवस्थापन तथा चिकित्सा क्षेत्रमा भएका नवीनतम अभ्यासबारे अनुभव आदानप्रदान गरेका छन् । ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले ह्याम्सले नेपालमै उपलब्ध गराउन सकिने सबै उपचार सेवा प्रदान गरिरहेको उल्लेख गर्दै नेपालमा सम्भव नभएका केही अत्याधुनिक उपचारका लागि मात्र म्याक्स अस्पतालसँगको सहकार्य उपयोगी हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)