डा. गोविन्द केसीको उपचारलाई व्यवस्थापन सुदृढ बनाउन स्वाथ्यमन्त्रीको अस्पताललाई निर्देशन
arthadabali.com · Sat Jul 25 10:23:02 GMT 2026

काठमाडौं / बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छन् । मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी हुन् ।
यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा.मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा.केसीको स्वास्थ्य अवस्था,उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)