हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
barnanmedia.com · Fri Jul 24 15:14:01 GMT 2026

संयुक्त राष्ट्रसङ्घले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशलाई हर्मुज जलमार्गमा फसेका करिब छ हजार नाविकलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
उनीहरू ‘मानवीय र मानव अधिकारको गम्भीर सङ्कट’ को सामना गरिरहेका टर्कका प्रवक्ता शाबिया मन्तुले बताउनुभयो । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले जलमार्गमा सयौं जहाजमा कम्तीमा छ हजार नाविक फसेको जनाएको छ । युद्धविरामका बेला पनि उनीहरूको उद्धार गर्न सकिएको थिएन । “सङ्कटग्रस्त पक्षले फसेका नाविकलाई सुरक्षितरूपमा बाहिर निकाल्न, जहाजबाट ओर्लिन र आवश्यक आपूर्ति पुर्याउन तत्काल सुरक्षित मार्ग उपलब्ध गराउनुपर्छ,” मन्तुले जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)