मुगु कार्मारोङमा पहिरो, बालकको मृत्यु
lokaantar.com

मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ ।
रारा छायाँनाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)