कारोबार साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक कारोबार साताको अन्तिम दिन शुक्रबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ८८ अङ्कले बढेर दुई हजार ७३४ दशमलव ६० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १६ अङ्कले बढेर ४७३ दशमलव ४७ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ८२ अङ्कले बढेर १८७ दशमलव ४० मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)