शान्तिपूर्ण समाजका लागि समुदाय–प्रहरी साझेदारी अपरिहार्य छ : आईजीपी कार्की
kathmandupati.com · Sat Jul 25 10:39:41 GMT 2026

जनकपुरधाम – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन तथा समुदाय–प्रहरी साझेदारीबाट मात्र शान्तिपूर्ण समाज निर्माण सम्भव हुने बताएका छन् ।
बेलायत सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा निर्माण सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवासका लागि निर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले शान्तिपूर्ण समाज निर्माणमा प्रहरीको एकल प्रयास पर्याप्त नहुने भएकाले समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)