आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
ratopati.com · Fri Jul 24 15:33:12 GMT 2026

काठमाडौँ। नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारको अन्तर्वार्ता मिति भइसकेपछि फेरि थप एक जनाको नाम अन्तर्वार्तामा समावेश गरिएको पाइएकाे छ । विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न गठित समितिको शुक्रबार(साउन ८)को निर्णयअनुसार रमेश पौडेललाई अन्तर्वार्ता प्रक्रियामा समावेश गर्ने गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।
अन्तर्वार्ता मिति तय भइसकेपछि पुनः नयाँ व्यक्तिको नाम थप गरेर सूचना जारी गर्नुले छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता र प्रक्रियागत परिपक्वतामाथि प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)