सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत
onlinekhabar.com · Fri Jul 24 15:24:49 GMT 2026

८ साउन, काठमाडौं । यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार’बाट सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत भएका छन् । शुक्रबार एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याएका सीमाविद् श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्तीका अवसरमा श्रेष्ठलाई एक लाख एक हजार १११ रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)