सार्वजनिक बिदामा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
nepalnews.com · Fri Jul 24 15:45:17 GMT 2026

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले ९ र १० साउनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। ९ गते शनिबार हो भने १० गते आइतबार हो। यी दुवै दिन सार्वजनिक बिदा भए पनि कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बन्न नगर्ने भएको हो।
पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न, तयार भई आएको राष्ट्रिय परिचयपत्र कार्ड लिन एवं राष्ट्रिय परिचयपत्रको विवरण संशोधन गर्न आउने सेवाग्राहीको चाप बढ्दै गएकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)