मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त
onlinekhabar.com · Sat Jul 25 11:00:23 GMT 2026

९ साउन, अर्घाखाँची । अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु खटाइएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)