मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
barnanmedia.com · Sat Jul 25 10:51:04 GMT 2026

मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ । रारा छायाँनाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक बीरबहादुर चन्द नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकामा बालकको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)