राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
ratopati.com · Sat Jul 25 11:05:02 GMT 2026

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् । तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कार भित्र महिलाको शव भेटिएको हो ।
मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल रहेकी छिन् । उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’को रूपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ : ०० बजेदेखि सम्पर्कविहीन भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)