लठ्ठै पार्ने भाङ्गे झरना [फोटोफिचर]
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
रसुवा । सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ । त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना । नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केहीबेर अड्याउँछ । पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ ।
सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ । यो झरनाको उचाइ १ सय ८१ मिटर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)