मासु व्यवसायीलाई सरकारको चेतावनी: मापदण्ड पालना नगरे कारबाही
arthadabali.com · Sat Jul 25 11:18:20 GMT 2026

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका मासु व्यवसायीलाई सरकारले तोकेका सरसफाइ, गुणस्तर तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा सञ्चालित केही मासु पसलमा सरसफाइमा लापरबाही भएको, स्वच्छ तथा स्वस्थकर मासु बिक्री–वितरण नगरिएको तथा सरकारले निर्धारण गरेका न्यूनतम मापदण्डसमेत पालना नगरेको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो प्राप्त भएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै व्यवसायीलाई सचेत गराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा अनुगमनका क्रममा केही मासु पसलमा सरसफाइको अभाव, मासु भण्डारण र बिक्री प्रक्रियामा लापरबाही तथा गुणस्तरसम्बन्धी मापदण्डको उल्लङ्घन भएको पाइएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले सबै व्यवसायीले कानुनले तोकेका व्यवस्था कडाइका साथ पालना गर्नुपर्ने प्रशासनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)