कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
canadanepal.com · Sat Jul 25 11:22:00 GMT 2026
सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफलका लागि शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो। तर छलफलअघि नै मुख्यमन्त्री कँडेलले पदबाट बाहिरिने निर्णय सुनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)