कारागारबाट फरार माझी पक्राउ
barnanmedia.com · Sat Jul 25 11:17:38 GMT 2026

गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्था जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट फरार भई गाउँघरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रौतहटको कटहरिया नगरपालिका–७ बगहीबाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)