विद्युत् महसुलमा भ्याटको जनस्तरमा विरोधपछि राजश्वसँग राय माग
baahrakhari.com · Sat Jul 25 11:27:53 GMT 2026

काठमाडौं । विद्युत् महसुलमा भ्याटको जनस्तरमा चर्को विरोधभएपछि त्यसलाई हटाउने विषयमा राजश्व कार्यालयसँग राय माग गरिएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय नहुनेगरी समाधान निकाल्न निर्देशन दिएपछि प्राधिकरणले राजश्व कार्यालसँग राय माग गरेको हो । मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युत्को बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)