स्वदेशमै इन्जिनियर बनाउने र अवसर दिने सरकारको योजना
clickmandu.com · Sat Jul 25 11:28:51 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन तथा यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) का डीन तथा इन्जिनियरिङ कलेजहरूको छाता संगठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, संस्थानका डीन प्राडा सुशील बहादुर बज्राचार्य, एकोन त्रिवि च्याप्टरका संयोजक धनप्रसाद पौडेललगायतका पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)