प्रश्नपत्र र धर्मेन्द्र : विद्यार्थी हुँदा आन्दोलन, मन्त्री बन्दा राजीनामा
nagariknews.nagariknetwork.com · Sat Jul 25 11:24:04 GMT 2026

भारतका शिक्षामन्त्री धमेन्द्र प्रधानले निट प्रश्नपत्र चुहावट विवादको नैतिक जिम्मेवारी लिँदै आज राजीनामा दिएका छन्। उनीविरुद्ध एक महिनादेखि दिल्लीको जन्तर मन्तरसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुनुको साथै विपक्षी दलहरूले पनि लगातार राजीनामाको माग गर्दै आएका थिए।
सामाजिक सञ्जाल एक्समार्फत राजीनामाको दिएको बताउँदै प्रधानले वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाओस्, देशको एकता कायम रहोस् र कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नपरोस् भन्ने उद्देश्यले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन्। उनले विद्यार्थीहरू आन्दोलनभन्दा अध्ययन र भविष्य निर्माणमा केन्द्रित हुन सकून् भन्ने आफूले चाहेको समेत बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)