डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव पौडेल धनगढीमा
swasthyakhabar.com · Sat Jul 25 11:34:00 GMT 2026

काठमाडौँ — डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास खोज्ने सरकारी प्रयास तीव्र बनेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षामन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।
मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत समाधान खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको मन्त्रालय स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)