बाँदर धपाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त
canadanepal.com · Sat Jul 25 11:48:41 GMT 2026

अर्घाखाँची - जिल्लामा बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको कृषि क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार प्राप्त ६४ वटा आवेदनमध्ये उमेर, वडा कार्यालयको सिफारिस, प्रभावित क्षेत्रको अवस्था तथा अन्य आवश्यक मापदण्डका आधारमा २६ जना छनोट गरिएको हो। उनीहरूलाई मकै बाली संरक्षणका लागि दुई महिनाका लागि नियुक्त गरिएको छ। हेरालुहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)