कारभित्र महिलाको जलेको शव फेला
kalakarmi.com · Sat Jul 25 11:48:32 GMT 2026

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक तारकेश्वर नगरपालिका–९ निवासी ४१ वर्षीया रश्मी रिजाल हुन् । शनिवार दिउँसो कारको पछाडिको सिटमा उनको जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)