रोल्पामा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Jul 25 12:03:16 GMT 2026

रोल्पाको सुनछहरी गाउँपालिका १ सेरममा पहिरोले पुरिएर गोठाला गएका दुई महिलाको मृत्यु भएको छ । स्थानियले प्रहरीलाई पशुचौपाया सहि दुई जनाको मृत्यु भएको खबर गरेका थिए ।
पहिरोको खबर पाए पछि खटिएको प्रहरीले १ जनालाई घाईते अबस्थामा उद्धार गरेको छ । घटनास्थल पुगेका सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले घटनाको पुष्टी गर्दै दुई जनाको मृत्यु बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)