ओली र प्रचण्डबीच ३ बुँदे सहमति :५ प्रदेशमा भागबन्डा , एमालेलाई कोशी, बागमती र लुम्बिनी, नेकपालाई कर्णाली र सदूरपश्चिम
canadanepal.com · Sat Jul 25 12:24:41 GMT 2026

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार सम्पन्न सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका हुन्।
प्रदेशसभामा पछिल्लो समय बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले दुई दलबीच सहकार्यको सहमति भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)