स्विमिङ पुलमा डुबेर आठ वर्षीय बालकको मृत्यु
gorkhapatraonline.com · Sun Jun 07 03:53:19 GMT 2026

आमा सँगै पौडी खेल्न स्विमिङ पुलमा पुगेका कपिलवस्तुका एक बालकको डुबेर मृत्यु भएको छ ।शनिबार बाणगङ्गा नगरपालिका स्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर बुद्धभूमि नगरपालिका २ का वर्षीय आभास चुदालीको मृत्यु भएको हो ।
लाइफ ज्याकेट र उद्धारकर्ता नहुँदा ती बालकले अकालमा ज्यान गुमाउनु परेको छ ।बालकको मृत्यु भएपछि स्विमिङ पुलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)