पाँच प्रदेशमा सत्ता बाँडफाँट, एमालेले तीन र नेकपाले दुई प्रदेशको नेतृत्व गर्ने
hamrakura.com · Sat Jul 25 00:00:00 GMT 2026
काठमाडौँ। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्दै सुशासन र विकासलाई गति दिने उद्देश्यसहित दुई दलबीच सत्ता साझेदारीको सहमति भएको हो।
शनिबार भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)