चितवनमा टिपरको ठक्करबाट एकजनाको मृत्यु
baahrakhari.com · Sat Jul 25 13:13:00 GMT 2026

चितवन । चितवनमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुलीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
पराजुलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी रामेश्वर पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)