फोहोरलाई मोहरमा बदल्दै पोखरा महानगरपालिका
annapurnapost.com · Fri Aug 15 16:48:35 GMT 2025

पर्यटन राजधानी तथा तालहरूको सहर पोखरा पर्यटकीय र वातावरणीय हिसाबले जति चासोपूर्ण छ। यहाँका तालमा फोहोर थुप्रिने प्रवृत्ति उति नै चिन्ताजनक छ। विगत केही वर्ष यतादेखि पोखराको सहरीकरण तीव्र छ। पर्यटकीय गतिविधि बढ्दो छ। सबैभन्दा धेरै पानी पर्ने क्षेत्र अनि जमिनको भिरालो ढाँचा। मानिसहरूले जथाभाबी फालेका फोहोर फिर्के, बुलौंदीलगायतका सहरी खोलाले बोकेर फेवातालमै पुर्याएका छन्।
'यी सबै कुराले पोखराका तालहरू वास्तवमै सहरभरिका फोहोर थुप्रिने अड्डाजस्ता लाग्छन्,' पोखरा महानगरपालिकाका मेयेर धनराज आचार्य भन्छन्, 'अब यसलाई हामी नियन्त्रणमात्र गर्दैनौं। फोहोरलाई मोहरमा बदल्छौं।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)