म्याङलुङका मनकारी मेयर !
palikakhabar.com
तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले प्रयोग गर्ने गाडि एम्बुलेन्शको रुपमा प्रयोग गर्नु दिएका छन् । मेयर तुम्बाहाम्फे शुक्रबार आफ्नै निवासमा पत्रकारहरु संग कुरा गर्दै कोरोनाबाट नगरबासिलाई सुरक्षित राख्न कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
आजैदेखि पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञासँगै सदरमुकाम लगायत नगर क्षेत्रका अन्य स्थानमा लाग्ने हाट बजारमा अत्यवश्याक वस्तु तथा सेवा , खाद्यन्न , औषधि पसल , तरकारी , फलफुल , माछामासु , दुग्ध डेरी बाहेक अन्य सम्पुर्ण वस्तु तथा सेवाका पसलहरु बन्द गरीएको छ । साथै , अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने भएमा माक्स लगाएर मात्र निस्कने , अनावश्याक भिडभाड नगर्ने साथै घरमा बस्दा समेत श्वास्थ्य सम्बन्धी मापदण्डको पुर्ण रुपमा पालना गर्न समेत नगरले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)