ट्रम्पलाई अदालतको झट्का : इजरायलको आलोचना गर्ने विदेशी विद्यार्थीलाई देश निकाला गर्न नपाइने
nagariknews.nagariknetwork.com · Sun Aug 30 03:09:02 GMT 2026

अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतले गाजा युद्धलाई लिएर इजरायलको आलोचना गर्ने गैरअमेरिकी विद्यार्थीलाई त्यही अभिव्यक्तिका आधारमा देश निकाला गर्न नमिल्ने फैसला गरेको छ।
संघीय न्यायाधीश नोएल वाइजले शुक्रबार गरेको फैसलामा ट्रम्प प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारविपरीत सरकारको आलोचना गर्ने मानिसलाई दबाउन खोजेको बताएकी छन्। यो मुद्दा स्ट्यानफोर्ड विश्वविद्यालयको विद्यार्थी पत्रिका ‘द स्ट्यानफोर्ड डेली’ ले अघि बढाएको थियो। पत्रिकाले देश निकाला हुने डरका कारण केही अन्तर्राष्ट्रिय विद्यार्थी खुलेर बोल्न डराएको बताएको थियो। वाइजले अभिव्यक्ति र प्रेस स्वतन्त्रता अमेरिकी लोकतन्त्रको आधार भएको उल्लेख गर्दै गैरअमेरिकी नागरिकलाई पनि पहिलो संशोधनअन्तर्गत अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)