गण्डकीमा पहिलो पटक प्रदेश प्रमुखबाट विधेयक फर्काए, गाँजा विधेयक संसद्मै फर्कियो
onlinekhabar.com · Sat Jul 25 13:52:12 GMT 2026

९ साउन, पोखरा । गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक प्रदेश प्रमुख डिल्लीराम भट्टले फर्काइदिएका छन् । भट्टले संघीय कानुनसँग बाझिएको भन्दै प्रमुख ३ बुँदाको सन्देशसहित विधेयक प्रदेश सभामै फर्काएका हुन् ।
संसद्ले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयक गण्डकी प्रदेशमा यसरी फिर्ता भएको यो पहिलो घटना हो । संघमा राष्ट्रपतिले बेला मौकामा स्वार्थ बाझिने गरी बेला मौकामा फिर्ता गरिएको भए पनि संघीयता कार्यान्वयनयता प्रदेशमा पहिलो पटक विधेयक संसद्मै फिर्ता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)