गोकर्णेश्वर महादेव परिसरमा एमआरआर भजन, भक्तिभावमा रमाए युवा (तस्बिरहरू)
makalukhabar.com · Sat Jul 25 13:55:18 GMT 2026

काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा शनिबार साँझ चर्चित फेसबुक समूह एमआरआर अर्थात् ‘Men’s Room Reloaded (MRR)’ द्वारा आयोजित सामूहिक भजन–कीर्तनमा सयौँ युवाहरूको सहभागिता रहेको छ ।
परम्परागत रूपमा ज्येष्ठ पुस्ताको सहभागिता बढी हुने भजन–कीर्तनमा पछिल्ला वर्षहरूमा युवा पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा बढ्न थालेको छ । त्यसैको एउटा दृश्य गोकर्णेश्वरमा पनि देखियो, जहाँ विभिन्न उमेर समूहका श्रद्धालुसँगै ठुलो संख्यामा युवापुस्ता भजनमा सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)