गण्डकी प्रदेशको गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता
canadanepal.com · Sat Jul 25 14:14:29 GMT 2026
पोखरा - गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने उद्देश्यले पारित गरेको विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका छन्। शनिबार प्रदेश प्रमुखले संविधान र संघीय कानुनसँग मेल नखाएको उल्लेख गर्दै विधेयक प्रमाणीकरण नगरी फर्काएका हुन्।
गण्डकी प्रदेशमा प्रमाणीकरणका लागि पठाइएको कुनै विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएको यो सम्भवतः पहिलो घटना हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)