डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा
canadanepal.com · Sat Jul 25 14:19:50 GMT 2026

काठमाडौं - धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन्।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा संवाद गरेका थिए। त्यसपछि अनशनको सहमतिपूर्ण समाधान खोज्ने उद्देश्यले मन्त्रालयले सचिव पौडेललाई वार्ताका लागि धनगढी पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)