नेतृत्वको मरुभूमितर्फ नेपाली संस्थाहरू
nepalpress.com · Sat Jul 25 14:22:09 GMT 2026

नेपालका शैक्षिक, स्वास्थ्य तथा व्यावसायिक संस्थाहरू आज एउटा मौन तर गम्भीर नेतृत्व सङ्कटको सामना गरिरहेका छन् । संस्थाहरू विस्तार भइरहेका छन्, नयाँ कार्यक्रम थपिएका छन् र जिम्मेवारी बढिरहेका छन् । तर ती जिम्मेवारी सम्हाल्न सक्ने नयाँ पुस्ताको दायरा अपेक्षित रूपमा विस्तार हुन सकेको छैन ।
परिणामस्वरूप, विद्यालयदेखि विश्वविद्यालय, स्वास्थ्य शिक्षण संस्था, अनुसन्धान केन्द्र, अस्पताल, व्यावसायिक परिषद् तथा अन्य पेशागत प्रतिष्ठानहरूमा नेतृत्वका जिम्मेवारी सीमित व्यक्तिहरूको वरिपरि केन्द्रित हुने प्रवृत्ति देखिन्छ । यो कुनै व्यक्तिको क्षमता वा योगदानमाथिको प्रश्न होइन, यो भावी नेतृत्व उत्पादन गर्ने हाम्रो संस्थागत प्रणाली, कार्यसंस्कृति र समान अवसर सुनिश्चित गर्ने संयन्त्रसँग सम्बन्धित विषय हो । विडम्बना के छ भने नेतृत्व, व्यवस्थापन, सुशासन र परिवर्तन व्यवस्थापनका सिद्धान्त विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)