इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ
barnanmedia.com · Sat Jul 25 14:13:09 GMT 2026

इजरायली सेनाले शनिबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा प्यालेस्टिनीको घर घरमा छापा मारेर दर्जनौं प्यालेस्टिनीलाई हिरासतमा लिएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा)का अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तिमा ३० जना प्यालेस्टिनीलाई हिरासतमा लिएको छ, जहाँ शुक्रबार भएको आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको थियो । प्रभावित गाउँमा इजरायली सैन्य कारबाही जारी रहँदा अन्य बासिन्दालाई पनि घटना स्थलमा सोधपुछ गरिएको वफाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)