कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद
lokaantar.com

कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका रु चार लाख ७४ हजार ८०० बराबरका विभिन्न मालसामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–१२ कम्पनी टोल र वडा नं. १ बङ्ग्राकटान क्षेत्रमा छुट्टाछुट्टै प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो ।
भारतबाट भन्सार छली गरी ल्याइएको सामान से १ ह २४२९ नम्बरको पेट्रोल अटोमा बेवारिसे अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो । उक्त अटोसहित रु चार लाख ५० हजार ३०० बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामानमा सूर्ति १२० प्याकेट, बिडी ७४ प्याकेट, गुट्खा ३० प्याकेट, प्लास्टिक झिल्ली २८ प्याकेटलगायत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)