प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार अग्रवालको संयोजकत्वमा तीन सचिव वार्ताका लागि धनगढीमा
arthadabali.com · Sat Jul 25 14:38:52 GMT 2026

धनगढी / धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधि डा. केसीलाई भेट्न धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियु कक्षामा पुगेका छन् ।
सरकारले खटाएको वार्ताटोलीले डा. केसीसँग अनौपचारिक छलफल गरेपनि औपचारिक वार्ता भने नभएको डा. गोविन्द केसीका स्वास्थ्य सहयोगि डा. अमृत जैसीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)