त्रिशूली नदीमा खस्यो भ्यान
baahrakhari.com · Sat Jul 25 15:06:00 GMT 2026

काठमाडौं । त्रिशूली नदीमा खसेर शनिबार (साउन ९) एउटा भ्यान र त्यसका चालक बेपत्ता भएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डबाट भ्यान त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।
बेलुका करिब १७ः४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट झन्डै २५ मिटर तल त्रिशूलीमा खसेको हो । दुर्घटनामा परेको गाडीका चालकको नामथर र ठेगाना खुल्न बाँकी छ । गाडीमा अरू व्यक्ति थिए वा थिएनन् भन्ने र दुर्घटनाको यकिन विवरण समेत प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)