संविधानको मूल मर्म र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ
nepalnews.com · Sat Jul 25 15:17:59 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधनका नाममा संविधानको मूल मर्म र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने प्रयास स्वीकार्य नहुने बताएका छन्।
नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा श्रेष्ठले संविधान संशोधनको प्रक्रिया जिम्मेवार र संविधानको मूल भावनालाई संरक्षण गर्ने ढंगबाट अघि बढ्नुपर्ने बताएका हुन्। उनले संविधानको आधारभूत मर्म र लोकतन्त्रको रक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै आवश्यकता अनुसार मात्रै संशोधन गर्न सकिने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)