अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा दिन 'स्टारलिंक' तयार
ratopati.com · Sun Aug 30 03:20:14 GMT 2026

काठमाडौँ । अमेरिकी स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी 'स्टारलिंक' ले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सघाउन नि:शुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ।
शनिबार सामाजिक सञ्जाल 'एक्स' मार्फत एक सन्देश जारी गर्दै स्टारलिंकले नेपाल सरकार र मानवीय सहायतामा खटिएका संस्थाहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएको हो। कम्पनीले नेपाल सरकारबाट अनुमति पाउनेबित्तिकै आवश्यक उपकरण (Kits) हरू उपलब्ध गराउने र नि:शुल्क सेवा सुचारु गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)