यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री
ratopati.com · Sat Jul 25 15:32:32 GMT 2026

तेहरान । साउदी अरब र तेहरान समर्थित हुथी विद्रोहीहरूबिच बढ्दो द्वन्द्वको कुनै सैन्य समाधान नभएको इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार बताएका छन् । दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेपछि उनकाे यो भनाइ आएको हो ।
उनले यमनको स्थितिलाई इरानसँग जोड्न नसकिने बताए । बाब अल–मन्दाब जलसन्धिको क्षेत्रमा भइरहेका घटनाहरू ‘यमन, साउदी अरब र त्यस क्षेत्रका देशहरूबीचका पुराना विवाद र मुद्दाहरूबाट उत्पन्न भएकाे उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)